
काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका ४६ हजारभन्दा बढी नेपाली नागरिक शनिबारसम्म स्वदेश फर्किसकेका छन् ।
सरकारले गत जेठ ३२ गतेबाट विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर उडान र रोजगारदाता मुलुकले व्यवस्था गरेका उडानमार्फत ५८ देशबाट ४६ हजार ३१२ नेपाली स्वदेश फर्किएका छन् । सरकारले रोजगारी गुमाएका, गन्तव्य देशमा करार अवधि सकिएर अलपत्र परेका, गर्भवती र सुत्केरी महिला, विदेश भम्रण वा आफन्त भेटघाट गर्न गएका उतै रोकिएका लगायतका सिलसिलामा विदेशमा समस्यामा परेकालाई प्राथमिकतामा राखेर स्वदेश फिर्ती ल्याउने काम गरिरहेको छ ।





