
बीरगंज, ६ पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका स्थित डोकैला बहुवरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
परिवर्तन मेडिकल हाल डोकैल बहुवरी र आरोगय आयुर्वेद को सहयोग मा बहुदरमाइ नगरपालिका वडा नं ४ स्थित परिवर्तन मेडिकल को प्राङ्गणमा मा २२० जनाको स्वास्थ्य उपचार गरिएको थियो। उत्क उपचार मध्ये विशेष गरी बवासिर,गठिया,दम का रोगिहरूको उपचार गरिएको थियो। उत्क रोगिहरूको चेकजाँच डक्टर योगेश तिवारी ले गरेका थिए र रोगिहरूको औषधि निशुल्क वितरण गरिएको आयोजक परिवर्तन मेडिकल हाल का सन्चालक राकेश तिवारी ले जानकारी दिए।








