April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अनुसन्धानको मामिलामा सर्लाहीका प्रहरी प्रदेश २ मध्यकै उत्कृष्ट

सर्लाही ,कात्तिक ५ अनुसंधानको मामिलामा सर्लाही प्रहरी प्रदेश २ मै सबैभन्दा उत्कृष्ट ठहरिएको छ। गत असोज २४ गते संघिय प्रहरी कार्यालय जनकपुरमा आयोजित अनुसन्धान अधिकृतहरु सँगको १ दिबसिय अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही बाट अनुसन्धान गरिएको मिति २०७७।१२।१० गते जिल्ला सर्लाही मलंगबा न.पा.बडा नं -९ स्थितमा शुशिल कुमार यादबको घाँटीकाटी हत्या भएको घटनाको अनुसन्धान प्रदेश नं.२ मा भएको अन्य घटनाको अनुसन्धानको तुल्नामा उत्कृष्ट भएको हो ।

उक्त कार्यक्रमका २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरका प्र.ना.म.नि उमेश रंजितकारको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

यस्तै गत बर्षमा पनि सर्लाही प्रहरीनै अनुसन्धान र अभिलेख व्यबस्थापनमा उत्कृष्ट भएको कारण २ नं.प्रदेश भरीका अनुसन्धान अधिकृतहरु सर्लाही जिल्ला प्रहरी कार्यालयको अबलोकन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको