
काठमाडौं, स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, योसँगै नेपालमा कुल संक्रमितको सङ्ख्या २२ हजार ९६२ पुगेको छ । आज कोरोनामुक्त भई घर फर्कनेको सङ्ख्या ४० रहेसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ३५३ रहेको मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बृफिङमा बताएका छन ।
योसँगै नेपालमा ६ हजार ५४४ जना सक्रिय संक्रमीत रहेका छन । पछिल्लो २४ घण्टासम्मा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेका मन्त्रालयले जनएको छ ।





