November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

महाकाली नदीको बाढीमा फसेका पाँच जनाको उद्धार

कञ्चनपुर । महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मुसेट्टिका पाँच जनाको उद्धार भएको छ । मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हाे।

नगरपालिका उपप्रमुख सुशिला चन्द सिंहले भनिन्, ‘सबैको सकुशल उद्धार गरेर हेलिकप्टर फर्किएको छ ।’

कुखुराको खोर कुर्न गएका उनीहरु सोमबार रातिदेखि महाकालीमा बाढी बढेपछि बीचमा फसेका थिए । बाढी बढ्दै गएपछि उनीहरु ज्यान जोगाउन रुखमा चढेका थिए । रुखमै चढेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको