November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

श्री बौद्धिमाई मेलाको अवसरमा विशाल दंगल कुस्ती समुदघाटन


बारा
श्री बौद्धी माई मेलाको उपलक्ष्यमा फेटा गाउँपालिकाको आर्थिक सहयोग र बौद्धी माई मेला समितिको आयोजनामा महा दंगल कुस्तीको समुदघाटन वन तथा वातावरण मन्त्री रामसहाय यादव प्रमुख आतिथ्यता र प्रतिनिधि सभा सदस्य माननीय रामबाबु कुमार यादव , प्रदेश सभा सदस्य माननीय पारस शाहको विशिष्ट आतिथ्यतामा गरिएको छ।

फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा अर्थ राज्य मन्त्रि उषा कुमारी यादव ,जसपा नेता कलैया उप नगरपालिका को नगरकमिटी अध्यक्ष श्री शिवनाथ पटेल ,वडा नम्बर -१ का वडाध्यक्ष जय प्रकास दास ,२ का रवि कुशवाहा ,३का उपेन्द्र साह ,४ का वकिल प्रसाद यादव ,५ का अरुण प्रसाद धानुक ,६का जाकिर हुसेन मिया ,७का महमद हुसेन मिया ,स्वास्थ्य प्रमुख कुरान अलि ठकुराई,प्रेम प्रसाद यादव ,पुलिस मिया लगायत हजारौको संख्यामा स्थानियाहरुको उपस्थिति रहेको थियो।उक्त महा दंगल कुस्तीमा २५ जोडी पहलवानहरुले आ -आफ्ना कुस्ती कला प्रदर्शन गरेका थिए।

सो कुस्तीमामोहबाका दिलवर पहलवानले अयोध्याका पारस लाई दाउ हानेका थिए। त्यसै गरि इलाहाबादका नन्कु पहलवानले बनारसका राजेश पहलावानालाई दाउ हानेका थिए। अशोक दासले रामु प्रसाद लाई ,पप्पु पहलवानले जसपाल सिंह लाई ,रंजितले सुजितालाई ,लालुले गामालालाई ,सुनिल साहले महेन्द्र पहलावानालाई दाउ हानेका थिए।त्यसै गरि कासिबाबाले आशिषलाई ,मोनु पहलवानले अभिशेक लाई ,मनोज पहलवानले अर्जुन पहलावालाई ,राजेश पहलवानले शिवनन्दन त्रिपाठीलाई,महिला पहलवान मधु पहलवानले प्रियंका पहलावानालाई ,नम्रता पहलवानले स्वती पाण्डे लाई दाउ हानि विजय प्राप्त गरेका थिए।

सोहि कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख अमिरिलाला प्रसादले वडा नम्बर -१ का पहलवान बुनिलाल प्रसाद यादवले श्री लंका बाट सिल्भर मेडल जितेर आए पनि अहिले सम्म देशले वहाको लागि केहि नगरेकाले वितेका सावन देखि लागुहुने गरि जागिरमा राख्ने प्रतिबध्ता गर्नु भयो। साथै यस भेगका कुस्ती पहलवानहरुको लागि पक्कि अखडा बनाउने प्रतिबध्ता गरे।

शीर्ष समाचार

धेरै पढिएको