
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गरेका छन। संसारभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ । प्रधानमन्त्रीले २६औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिमा हार्दिक शुभकामना व्यक्त गर्दै सुरक्षितसाथ दिवस मनाउन आग्रह गरेका छन ।
उक्त सन्देशमा प्रधानमन्त्रीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राखी यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता हामीसामु रहेको बताएका छन ।





