
विरगंज, असोज२८: र्सा निर्वाचन क्षेत्र न.१ का संघीय सांसद प्रदीप यादवले बिहीबार वीरगंज–१६ नगवामा श्री बौद्धी माई बिकास समिति द्वारा आयोजित विराट दंगल(कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन्। दशैं को नौवो दिन हरेक वर्ष आयोजना गरिने दंगल प्रतियोगितामा हजारौं दर्शक माझ सांसद प्रदीप यादवले विधिवत उद्घाटन गरेका हुन् ।
दंगलको उद्घाटन गर्दै सांसद प्रदीप यादवले आफ्नो मन्तव्य राख्दै सांसद यादवले कोरोनावायरस को क़हर पछी दुई वर्षको अन्तराल भए पनि पुन जनजिवन समान्य हुंदै गएको मा ख़ुशी व्यक्त गरे ।आम नागरिकको धैर्यता र माता रानी को कृपाले नै आज़ दुई वर्ष पछी पर्सा जिल्लामा कोरोनाको केश शुन्य भएको र विस्तारै जनजिवन समान्य हुंदै गएको उनले धैर्यता रआत्मविशवास का साथ नै सफलता पाईने बताए साथै सम्पूर्ण खेलाडीलाई खेलमा आफ्नो ईमानदारीता राख्दै दर्शकको भावना बुझेर सहि र पारदर्शी तरिकाले लडन सुझाव दिन उपस्तिथ समाजिक अगुवा,राजनीति कर्मी, आम नागरिक, युवा, खेलाडी, दर्शकलाई दशैंको शुभकामना समेत व्यक्त गरेका थिए ।

दिनभरी चल्ने कुस्ति दंगल प्रतियोगितामा दैनिक करिब सय जोडी कुस्ती भइरहेको प्रतियोगिता आयोजक ले बताए।
आज नेपाल–भारतका प्रसिद्ध कुस्तीवाजहरुको लडाइ हुने कार्यक्रम छ। दंगलमा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पन्जाब, हरियाणा, दिल्ली, बिहारलगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरु कुस्ती लड्न आएका छन्।
रामाधार चौरसियाको अध्यक्षता मा बौधीमाई क्लब द्वारा आयोजित सो कुस्ति दंगल प्रतियोगिता एवं मेला मा प्रमुख अतिथि मा.प्रदीप यादव ,अमिरिलाल साह (गाउपालकी प्रमुख)मगदिश यादव रामाकान्त चौरसिया ब्रह्मदेव खलिफा अरूण यादव लालदेव यादव , फरिद आलम ,ओमप्रकाश सर्राफ़ , जसपा युवा का जिल्ला अध्यक्ष गौरव वर्मा , युवा नेता कुन्दन सिंह, शेख रुस्तम , सफरोज आलम ,समाजवादी विधार्थी युनियनका हरिन्द्र साह लगायतका नेता एवं समाजसेवीहरूको विशेष उपस्थती रहेको थियो।







