
सिन्धुपाल्चोक बाह्रबिसे , कर्थली पहिराे पिडितहरुलाई राहात वितरण गरिएको छ । वरिष्ठ समाजसेवी तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, क्षेमादेवी ग्रुपकाे सञ्चालक हाेम बहादुर बस्नेतकाे विशेष पहलमा शनिबार बाह्रबिसे नगरपालिका २ कर्थलीकाे घट्टेखाेलामा गएकाे पहिराे पिडित २१ परिवारलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सहयाेग हस्तान्तरण गरेका हुन ।उक्त सहयोग सिताराम कार्कीकाे घरकाे छटमा पिडितहरुलाई आमन्त्रित गराई बस्नेतले सहयोग सामाग्री आवासकाे लागि जस्ता, लत्ताकपडा खाद्यान्नमा चामल,दाल,नुन,लगाएतका सामाग्री वितरण गरिएको हाे ।













