October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

भारतको पटाखा कारखानामा विष्फोट हुँदा चारको मृत्यु, सात जना घाइते

शामली, भारतको उत्तर प्रदेशस्थित शामली जिल्लाकाे कैराना कस्बेमा रहेको पटाखा कारखानामा विष्फोट भएको छ । उक्त कारखानामा विष्फोटमा परि चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार विष्फोटको क्रममा भएको आगलागी नियन्त्रण गर्न निकै कठिन परेको जनाइएको छ । प्रहरी र प्रशासनिक अधिकारी समयमै घटनास्थलमा पुगेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।