October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, बिहिवार नेपालमा थप १ हजार ७८ जनामा
कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ रहेको छ ।

सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ । हालसम्म देशभर ४२ लाख ५ हजार ३८२ नमुनाको पीसीआर परीक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको