October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

ईपीएल: दोस्रो खेलमा काठमाडौं ३ विकेटले पराजित, चितवन टाइगर्स शीर्ष स्थानमा 

काठमाडौं: प्रिमियर लिग (ईपीएल) को जारी खेलमा लगातार दोस्रो खेल जित्दै चितवन टाइगर्स बजाज पल्सर एभरेस्ट शीर्ष स्थानमा पुगेको छ ।

चितवनले काठमाडौं किंग्स ११ लाई ३ विकेटले पराजित गर्दै १ सय ४२ रनको लक्ष्य ८ बल अगाडि नै पूरा गर्‍यो । राजेश पुलामी मगर र कमलसिंह ऐरीले २८ बलमा ४७ रनको अविजित साझेदारी गरी चितवनलाई विजय दिलाएका हुन् ।

राजेश २९ बलमा २ छक्का प्रहार गर्दै २६ र कमल १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रनमा अविजित रहे ।

यसैगरी ओपनर इशान पाण्डे ४, मोहम्मद साहजाद १७, करिम जन्नत २१, भीम सार्की २६, दीलिप नाथ २३, सेकुगे प्रसन्न ५ र कप्तान सोमपाल कामी शून्यमा आउट भएका थिए ।

काठमाडौं किंग्सका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा कप्तान सन्दीप लामिछानेसहित जनक प्रकाश र गुलशन झाले १–१ विकेट लिएका थिए । चितवनको २ खेलबाट ४ अंक भएको छ । काठमाडौंले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको