October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

देउवाले साढे दुई महिनादेखि १७ वटा मन्त्रालय आफैं लिदा सचिवहरू हैरान

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले लिँदै आएकाले ती मन्त्रालयका सचिवहरू फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउन विवश छन् ।

मन्त्रालयले गर्ने कतिपय महत्वपूर्ण नीतिगत निर्णयको बारेमा निर्णय गराउन सचिवहरू प्रधानमन्त्रीकहाँ जानुपर्ने तर प्रधानमन्त्रीलाई भेट्न घण्टौँ कुर्नुपर्ने अवस्था आउँदा सचिवहरू हैरान हुने गरेका छन् । ‘कहिलेकाहीँ त पालो नपाएर त्यसै फर्कनुपर्ने अवस्था पनि छ, जसका कारण मन्त्रालयको काम पनि प्रभावित हुने गरेको छ,’ एक सचिवले भने ।

उनका अनुसार प्रधानमन्त्रीले अहिलेसम्म सचिवहरूलाई मन्त्रालयको गतिविधि के कस्तो छ, कसरी काम गर्नुहुन्छ ? भनेर खासै सोध्ने गरेका छैनन् । ‘चार-पाँच पटकसम्म मन्त्रालयको काम लिएर प्रधानमन्त्रीकहाँ गएँ तर उहाँले मन्त्रालयबारे कहिल्यै पनि सोधीखोजी गर्नुभएन,’ अर्का एक सचिवले भने । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयहरू मन्त्रीको अभावमा निष्प्रभावी जस्तै देखिएका छन् । राजधानी दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको