October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

लगानीको स्रोत नखोज्ने बजेटको व्यवस्थाविरुद्ध उभिन्छौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने बताएका छन् ।मंगलबवार सम्पादकहरूसँगको छलफलमा उनले बजेटको यो व्यवस्था गलत रहेको बताउँदै यसले समस्या ल्याउने बताए । उनका अनुसार कालोधन भित्र्याउन सरकारले यस्तो प्रावधान ल्याएको हो र एमालेले यसको प्रतिवाद गर्नेछ । ‘कालोधन ल्याउन दिने पक्षमा छैनौं, कालोधनलाई सेतो बनाउन पाइँदैन,’ उनले भने ।

सरकारले आर्थिक ऐनअन्तर्गत रहेर आयकर ऐनमा संशोधन गरेर ल्याएको लगानीसम्बन्धी व्यवस्थाको विरोध हुँदै आएको छ । आयकर ऐन, २०५८ संशोधन प्रस्तावमा सरकारले लगानी भित्र्याउने उद्देश्यले विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन,’ भन्ने व्यवस्था गरेको थियो ।

यसअघि ओली सरकारका तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले पनि आयस्रोत नखोजिने सन्दर्भमा बजेटमा व्यवस्था गर्दा चर्को विरोध भएको थियो र पछि खतिवडाले त्यो व्यवस्था हटाएका थिए ।

अवैध धनलाई वैधानिक बनाउने उद्देश्यसहित सरकारले आयकर ऐन संशोधन गरेकोे भन्दै यसअघि विभिन्न राजनीतिक दलसहित ट्रान्सपरेन्सी इन्टरनेशनलले विरोध गरेको थियो । तर, यो व्यवस्थाको अर्थ मन्त्रालयले बचाउ गर्दै आएको छ । आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको