
काठमाडौं, एउटै टोलमा आठजनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।
गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिएका छन । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घरधनीहरु छन् । त्यहाँ पहिलोपटक बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रहरीका परिवारमा थप चारजनामा पनि कोरोना देखिएको थियो ।
उक्त संक्रमीत ब्यक्तिको सम्पर्कमा आएका मानिसहरुको स्वाब संकलन गरि परिक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।





