October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण: कुलमान घिसिङ

file photo

काठमाडौं, सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

मंगलबार राजधानीमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले सो जानकारी दिएका हुन् ।

अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको उनले बताए ।
ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिवद्ध रहेको घिसिङको भनाइ छ ।

यसैगरी उनले करिव ९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भईसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सघाउ गरेको स्मरण गराए ।

प्रबन्ध निर्देशक घिसिङले भने, ‘अन्डर ग्राउन्ड केवल विछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरुले समस्या खडा गरिरहेका छन र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढनेछौं । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले करिव करिव ९५ प्रतिशत विद्युतीकरण भईसकेको छ ।”

उनले थपे, “यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ । यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फास्ट्रचर हो । कुनै पनि फाईवर तान्नुपर्‍यो भने त्यही पोल यूज हुन्छ । र फाईबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तरगत आईरहेको छ । त्यो नेपाल विद्युत प्राधिकरणको ईन्फास्ट्रचरले धेरै सहयोग गरेको छ ।’

शीर्ष समाचार

धेरै पढिएको