October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

ट्रकको ठक्करबाट बस पर्खिएर बसेका आमा छोराको मृत्यु

बुटवल, असोज १२ । सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा आज विहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीे जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको