
काठमाडौं, गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उहाँको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजकले जानकारी दिएका छन ।
यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी हुनुभएको थियो । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उहाँको ‘क्लोज कन्ट्याक’मा रहनुभएका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो ।





