October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

सञ्चालनमा नआउँदै सकियो रेलको ‘वारेन्टी’

काठमाडौं, छिमेकी मुलुक भारतसँग नेपाल रेल्वे कम्पनी लिमिटेडले खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको हो ।

यसअघि दुई सेट रेल २०७७ असोज २ गते भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरेर जनकपुर ल्याइएकाे थियाे ।  सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको छ ।

खरिद गरेको एक वर्ष पुरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताए ।

रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठिकै देखिन्छ भन्दै महाप्रबन्धक झाले थपे, ‘कानुन अभावमा रेल सञ्चालन हुन सकेको छैन । कानुन आएपछि प्राविधिक टोलीलाई बोलाई रेल सञ्चालनमा ल्याइने छ ।”

यस्तो खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको र खियासमेत लाग्न थालेको स्थानिय बताउँछन् ।

शीर्ष समाचार

धेरै पढिएको