October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

बाढीले ध्वस्त पुल तर्न खोज्दा खसेर अस्मिताको ज्यान लियो

बाह्रबिसेको पलाँति र गाती जोड्ने तल्लो घट्टे पुलबाट खसेर बुधवार बाह्रबिसे न पा ३ ठुलीपलाँती थापा टोलकी १४ बर्षिय अस्मिता थापाको मृत्यू भएको छ । आमा माइलि थापासँग घाँस काट्न भनेर आएकि अस्मिताको लाश स्थानियले नदि किनारमा देखेपछि प्रहरी प्रशासन र पालिकामा खबर गरेका थिए ।

छोरी बगाएपछि बिक्षिप्त २८ बर्षिय माइलि थापा नदि किनारमा अर्ध बेहोसि अवस्थामा भन्दै थिइन् – यसको दोषि सरकार हो । बेलैमा सबै मर्मत भएको भए मेरो छोरीको ज्यान जादैन थियो । घटनाको बारे बुझ्न र पिडितको गुनासो सुन्न नगर प्रमुख नेम्फोन्जो शेर्पालाइ फोन गर्दा (आफ्नो अरुपनि काम भएको र ठुलो कुरा नगर) भनेर अपमानजनक रुपमा बोलेको स्थानिय सुर्य निशानिले बताए । यसै खोलाले बगाएर अघिल्लो बर्ष स्थानिय अमृत बस्नेतले ज्यान गुमाउनु परेको थियो ।

२०५५ सालमा काठ र फलामे तारबाट बनेको यो पुल बारम्बार जोखिमपुर्ण बनेको थियो तर, स्थानिय युवा क्लव र बगरपाखा सामुदायिक बन उपभोक्ता समितीको सहयोगमा मर्मत भएको सो पुल २०७७ असार २४मा खाग्दल खोलामा आएको बाढिले बजार, सडक सहित सो पुल पनि क्षतिग्रस्त बनाएको थियो ।

बाह्रबिसे न पा ३ ठुलिपलाँतिका ३०० भन्दा बढि परिबार र ५ (कुखुरे, कल्लेरी ,सोलिघोप्टे र,रुम्टार) का करिव २०० परिवारको मेलापात र दैनिकीमा प्रयोग हुने यो पुल बाढिले क्षतिग्रस्त बनाएपछि स्थानियहरुले बारम्बार वडादेखि पालिका र प्रदेशसम्मका निकाय लगाएत नेतासम्म सबैलाइ लिखित र मौखिक रुपमा हारगुहार गरेपनि कुनै प्रतिकृया आएन । अझ,खासगरी रुम्टार र कल्लेरीका बासिन्दाहरुले त बजारमा नुन,तेल किन्न्न होस् या अस्पताल जान यहि पुलको प्रयोग गर्नुपर्छ । अहिले बैकल्पिक बाटोबाट यात्रा गर्ने हो भने ४ देखि ५ कि मी बाटो थप हिड्नुपर्छ ।

यसबारे बाह्रबिसे न पा ३ र ५ वडा अध्यक्ष (टेक बहादुर भण्डारी र बेल बहादुर रोक्का ) सँग कुराकानि गर्दा आफुहरुले नगरको कार्यसमितिको बैठकमा बारम्बार कुरा उठाउदा सम्म पनि प्रतिकृया नदेखाएको बताउनुभयो । यसबारे नगरपालिका सुचना अधिकारी ज्ञानेन्द्र महतसँग सोध्दा उहाँ भन्नुहुन्छ – गुनासो आएको हो र, हामिले सस्पेन्सन ब्रिज डिबिजनमा पत्रचार गरेपनि कुनै प्रतिकृया छैन उहाँले भन्नुभयाे ।

शीर्ष समाचार

धेरै पढिएको