
महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकका अनुसार नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताउनुभयो । “कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएको उहाँले बताएका छन । “सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरिसकेका छन् ।”
हिजोसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ । जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन्





