April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आजबाट सोह्र श्राद्ध सुरु

काठमाडौं, आजबाट सोह्र श्राद्ध सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म तथा १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

धार्मिक प्रचलन अनुसार सोह्र श्राद्धमा पितृहरूको उद्दारका लागि घर वा तीर्थस्थलमा श्राद्ध कर्म गरी पितृहरुको सम्झना गर्ने गरिएको छ । जोतिषशास्त्रमा हरेक वर्ष आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिएको छ ।

यसैगरी पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ । यसअनुसार आश्विन कृष्ण पक्ष पितृ पक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरूलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटा मात्र पितृका लागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ ।

पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औँशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ ।

सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन, उनीहरूले औँशी तिथिमा श्राद्ध गर्ने मान्यता रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको