April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

नकारात्मक टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न गृह मन्त्रालयलाई सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न सर्वोच्चगृह मन्त्रालयलाई आदेश दिएको छ । सर्वोच्च अदालतले सोमबार उक्त आदेश दिएको हो ।

यसैगरी नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको बताउँदै त्यसअन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी पर्ने भएको भन्दै अदालतले भदौ १८ गते जारी गरेको विज्ञप्तिको आधारमा कसैलाई कारबाही नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ को उपनियम (२) अनुसार न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको