
महोत्तरी, महोत्तरीका ससबैजसो सडकको अवस्था बिग्रेको छ । यसपाली असारको मध्यसँगै सुरु भएको बर्षा साउन मध्यसम्म रँहदा त्यससँगैको बाढिले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढेर जताततै पोखरिजस्तो बनेपछी अवस्था गम्भीर बनेको छ ।
बर्दिबास-रामगोपालपुर-जलेश्वर-सम्सी-लोहारपट्टि- जनकपुरसहितम्का मुख्य सडक बाढिले ठाउँठाँउ भत्किएर सवारी साधन चल्न नसक्ने भएका छन । बर्षापछि खाल्डाखुल्डी बढेको र सबैमा फोहोर पानी जमेकोले यस सडकमा दुईपाङ्ग्रे साधन नचलेको पनि महिना हुन लागेको छ । खासमा असार अन्तिम साताको छ दिनसम्मको र साउन पहिलो साताको तीन दिने मुसलधार वर्षाले जिल्लाका सडक खाल्डा र पोखरी बनेका हुन् । यी सबै सडक हुलाकी मार्गअन्तर्गत स्तरोन्नतिको काम थालिएका सडक हुन् ।






