October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अभिनेत्री करिश्मालाई अध्यक्ष ओलीको फोन: परिक्षा कस्तो भैरहेको छ?

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हाल कक्षा १२ को परीक्षामा व्यस्त रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई फोन गरेका छन् ।

परीक्षाको कारण उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।

शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई अलमल बनाइदियो । ट्रु कलरमा देखायो, ‘केपी शर्मा ओली इज कलिङ’

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे जानकारी लिएका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराएकी हुन् । साथै उनले आफूलाई विश्वास नलागेकोसमेत उल्लेख गरेकी छन् ।

करिश्मा सामाजिक सञ्जालमा लेख्छिन्, ‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

उनले लेखेकी छन्, ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’ उनले ओलीलाई बुवाको सम्बोधन गर्दै लेखेकी छन्, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’

यस्तो छ उनको स्टाटस

फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।
‘करिश्मा परीक्षा कस्तो भैरहेको छ ?’
‘हजुर ठिक छ सर, तपाई केपी ओली ?’
‘अँ हो, विश्वास लागेन ?’
‘लागेन सर ।’
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।

शीर्ष समाचार

धेरै पढिएको