October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

आजको राशिफल: कुन राशिका लागि शुभ ?

काठमाडौं, वि.सं.२०७८ साल असोज ०२ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उपत्यकामा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।  स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  
पढाइ  लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेको छ । पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  
माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ ।  कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।  रचनात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  
आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाती रहनेछ । पति पत्नी बीच अविश्वास बढ्ने योग रहेको छ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरू बढेर जानेछ ।  साँझपख लामो दुरीको यात्रा हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको