
काठमाडौं, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाई स्वदेश ल्याउन नसकिएका १७२ जना नेपालीको शव बिदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ । वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडाउन सुरु भयदेखी नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको शव बिदेशमा नै अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ ।
यसमध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएका छन । बोर्डले दिइएको जानकारी अनुसार बिदेशमा १५ जना महिलाले ज्यान गुमाएका छ्न । सबैभन्दा बढी साउदीमा एक महिला र १७३ जना नेपालिले ज्यान गुमाएका छन भने सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छ्न ।





