
युट्युबलातयतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्म अनुसार काम गर्न अनलाइन टिभी पत्रकार संघले आह्वान गरेका छन । बालगृह संचालकको अध्यक्ष पुष्पा अधिकारीसगँ केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यबहारलाई लिएर सर्बत्र चासो व्यक्त भइरहेको बेला सङ्घले त्यस्तो व्यबहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेका छन । सङ्घका महासचिव राजु सुबेदिद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाडैं अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख छ ।
सङ्घले युट्युबरसहित अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुली आफुँलाई सुधार्दै लैजान पनि आग्रह गरेका छन । सञ्चार कानुनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कातर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशिललाई सिक्ने सिकाउने र संगठित हुने वातावरण पनि बनिनसकेकाले अन्योल रहदैँ आएको वक्तव्यमा लेखिएका छ्न ।
गत वर्ष माघ २४ गते नेपालमा पहिलोपटक अनलाइन टिभी सञ्चालकको पहिलो र्राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भईसकेको अनलाइन टिभी पत्रकारलाई स्ङ्घले सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्द भइ सुदृढीकरणतर्फ लाग्न आग्रह गरेका छन ।





