
नेपाली काँग्रेस संसदीय दलले पुर्वमन्त्री एवम् काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको पिता खड्गबहादुर बस्नेतको निधनप्रति दु:खद व्यक्त गरेका छन ।
बस्नेतको ८४ बर्षको उमेरमा गए राती महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । काँग्रेसप्रमुख सचेतक बालकृष्ण खाँणले एक शोक बिज्ञप्तिमार्फत नेपालीको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएका स्व. बस्नेतले आफ्ना सन्ततिलाई सदैव देश, लोकतन्त्र र आमनागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुआएको उल्लेख गरेका छन ।
बस्नेतको निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै संसदीय दलले स्व बस्नेतप्रति श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।





