September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

लमजुङमा बाढीपहिरोले विस्थापित प्रत्येक परिवारलाई १० हजार हस्तान्तरण

लमजुङ, जिल्लाको दोर्दी गाउँपालिका र सुन्दर बजारमा बाढी पहिरोले विस्थापित भएका २९ परिवारलाई दस हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको छ । लमजुङ समाज पोर्चुगलबाट सहयोग प्राप्त उक्त रकम मंगलबार उनीहरुलाई प्रदान गरिएको हो ।

गत असार एक गते अविरल वर्षाका कारण आएको बाढी पहिरोले लमजुङको दोर्दी गाउँपालिका-८ हिले बजारमा २४ घर पुर्ण रुपमा क्षति भएको थियो भने सोही जिल्लाको सुन्दर बजार नगरपालिका-५ घुमाउने भन्ने ठाउँमा पाँच पुर्ण रुपमा क्षति भएको थियो ।

यसअघि पनि बाढीपहिरो पीडित परिवारलाई आवास निर्माण र गासबासका लागि लगभग १ लाख ५० हजारको सामाग्री वितरण गरिएको अन्सुल लोहनीले जानकारी दिएका छन् ।

उनले भने, “विस्थापित परिवारलाई सहयोग गर्ने उदेश्यले यसअघि हामीले मेरै नेतृत्वमा एउटा अभियान चलाएको थियौं । जसमध्ये ५० हजार आवास निर्माणका लागि र एक लाखको सामान वितरण गरिसकेका थियौं । अहिले लमजुङ समाज पोर्चुगलको तर्फबाट दोर्दी गाउँपालिकाका २४ घर र सुन्दर बजारका ५ घर गरि जम्मा २९ घरका प्रत्येक परिवारलाई १०-१० हजारका दरले रकम हस्तान्तरण गरिएको हो ।”

शीर्ष समाचार

धेरै पढिएको