
बैतडी, बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । उक्त पहिरोमा पुरिएर मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-४ बलालिका ४० वर्षिया पशुपती बोहोरा र उनिका १२ वर्षिया छोरा रिकेश रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रबक्ता प्रहरी निरीक्षकले जानकारी दिएका छन ।
बिहिवार करिब १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको बताएका छन । घरमाथिबाट खसेको पहिरोले घर पुर्ण रुपमा पुरेको छ भने उक्त दुई शव पुरिएको स्थानबाट निकाली परिक्षणका लागि गोकुलेश्वर ल्याइन लागेको प्रहरिले जनएको छ ।







