September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अफगानिस्तानबाट हालसम्म ८५७ जना नेपालीको उद्धार

काठमाडौं, सरकारले अफगानिस्तानबाट नेपालीलाई चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै त्यहाँबाट उद्धार गरिएका १० जना विहीबार स्वदेश आइपुगेका बताएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट हालसम्म ८५७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले विहीबार अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमनपछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको