April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

भदौ ५ गतेदेखि पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी


काठमाडौं, नेपालको प्रख्यात धार्मिक शिवालय पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । 

विश्वव्यापी महामारी कोभिड-१९ का कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो । 

पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ । 

यसैगरी गत वैशाख १६ गतेदेखि पाँच महिना भन्दा बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको