April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

सातौँ संविधान दिवस तीन दिनसम्म मनाउने

काठमाडौं, सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीका अनुसार बैठकले प्रधानमन्त्री देउवाको अध्यक्षतामा दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरेको हो ।

यसैगरी बैठकले संविधान दिवसका अवसरमा आमनागरिकलाई स्वतःस्फूर्तरूपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमासमेत नेपाली झण्डा फहराउन आग्रह गर्ने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको