September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

पोखरामा पहिरोमा परि चारको मृत्यु, तीन जना बेपत्ता

कास्की, पोखरा महानगरपालिकाका छुट्टाछुट्टै चार स्थानमा गएको पहिरोेमा पुरिएर चार जनाको मृत्यु भएको छ । सोही पहिरोमा परि तीन जना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन् ।

बुधवार साँझ परेको भिषण वर्षासँगै पोखरा महानगरपालिका वडा नम्बर २० भलामको र्यालेचौरमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

पोखरा महानगर २० का अध्यक्ष सिम गुरुङका अनुसार सोही वडाको मुलाबारीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका हुन् । त्यस्तै महानगरकै वडा नम्बर ११ को काहुँमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।

पोखरा २० भलाममा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ, उनकी पत्नी ३५ वर्षीया सुनुमाया तामाङ श्रेष्ठको मृत्यु भएको छ ।

कृष्णकुमारको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा र सुनुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकै ९ वर्षीय छोरा राजकुमार श्रेष्ठको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको