September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भरतपुर अस्पतालमा अख्तियारको छापा, आवश्यक कागजात नियन्त्रणमा

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापा मारेकाे छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापा मारेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली बिहिवार अस्पतालमा पुगेको छ ।

सापकोटाका अनुसार यसैगरी टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको छ । हाल अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको