
त्रिशुली, कोरोना संक्रमणको जोखिम देखिएसँगै नुवाकोटका सबै स्थानीय तहमा “लकडाउन” सरहको आवागमनमा रोक र सार्बजनिक सेवा सुबिधा कटौती गरिएको छ ।
बिहीबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभित्र संचालन हुने यात्रुबाहक सार्बजनिक यातायातका साधन आजदेखी अर्को निर्णायक सुचना नहुदाँसम्म संचालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिपत्र प्राप्त साधनबाहेक अरु सबैखाले सवारी साधन जिल्ला प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवम प्रमुख जिल्ला अधिकारिले बताएका छन ।





