September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अनन्त अस्ताइन कलाकार निशा घिमिरे

काठमाडौ ,अनन्त अताइन निशा नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा ०७८/५/१७ गते बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कलाकार, मोडल निशा घिमिरे एक उदियमान कलाकार । उनले भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी छिन्।

उनले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन्। नेपाली कलाकारिता क्षेत्रमा आफ्नो करियर बनाउँदै गएको बेला उनको मनमा यसै क्षेत्रमा केहि गरेरै छोड्ने आत्मविश्वास पलायो। यस क्षेत्रमा अझै राम्रो गर्ने सोचले उनि अभिनयमा डिप्लोमा कोर्स गर्न साढे दुई वर्षअघि भारतको देहरादुन पुगिन्। 

निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटनापछि बोल्न र हिँड्न सक्ने अवस्थामा रहिनन्।आर्थिक अवस्था त्यति राम्रो थिएन।

विशेष उपचारको आवश्यकता थियो तर त्यो सम्भव नहुँदा आर्थिक अभावका कारण दिन प्रति दिन उनको अवस्था बिग्रँदै गयो। यस बीचमा कोभिडको महामारी बढ्दै जान थालेपछि अस्पतालमा सामान्य उपचार पनि असम्भव बन्दै जान थाल्यो, उनि घरमै थलिन बाध्य भईन् । राम्रो उपचार नपाउँदा उनको शरीर गल्दै गयो, ढल्दै गयो । शारीरिक अशक्तता बढ्दै गयो।

हेर्दाहेर्दै शरीरका हाड र छालाबाहेक केही नदेखिने अवस्थामा पुगिन् ।  दुर्गानाथ दाहाल नामका एक सज्जनले उनको अवस्थालाई चित्रित गर्दै उनका यी मार्मिक तस्विरहरु सहित फेसबुक पोष्ट गरे। बल्ल यसपछि मात्र उनका सुभेच्छुकहरुको आँखामा पुगिन्। तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अवस्था सार्वजनिक भयो। यसले नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीको मन् निकै छोयो।

निश्वार्थ सेवालाई धर्मको रुपमा बुझेकी मेघाले निशालाई घरबाटै उद्धार गरी सम्भव भएसम्मको निशुल्क उपचार गर्ने निधो गरिन्।  नर्भिक अस्पतालमा उनको निशुल्क उपचार भइरहेको थियो ।

हिजो साँझ अस्पतालमै निशाले जिन्दगीको अन्तिम श्वास फेरिन्। निशाको पार्थिव शरीरलाई आजै अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको