
विराटनगर, नेपालमा लकडाउन खुलेसँगै चोर बाटो हुँदै नेपाल-भारत ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढेको छ । उक्त चोर बाटो हुँदै ओहोरदोहोर गर्नाले नेपालका सिमावर्ती समुदाय स्तरमा कोरोना संक्रमितको दर बढेको छ । साउन सुरुदेखि विराटनगर महानगरपालिका लगायतका आसपासका नगरपालिकामा समेत कोरोना संक्रमणको दर अप्रत्याशित रुपमा बढेको छ ।
माहामारी फैलिएको विषम परिस्थितिमा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सिमाक्षेत्र कडाईका बेलामा लुकिछिपी तस्करी गर्नेहरुबाट नेपालतर्फका सिमावर्ती बस्तिहरुमा कोरोना संक्रमण फैलन सुरु भएको सुनसरि हरिनगर गाउँपालिका लुकमान अन्सारिले बताउएका छन ।





