September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

गोकर्णेश्वरमा आजबाट भौतिक उपस्थितिमै विद्यालय सञ्चालन


काठमाडौं, काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले आजबाट विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ । आजदेखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाका अनुसार स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिकाले अनुमति दिएको हो ।

यसैगरी गोकर्णेश्वर नगरपालिकामा सञ्चालित निजी विद्यालयहरुले भौतिकरुपमै विद्यालय सञ्चालनका लागि अनुमति माग गर्दै निवेदन दिएका थिए । निवेदनमाथि छलफल गर्दै नगरपालिकाको शिक्षा समितिले आजदेखि विद्यालय खोल्न सक्नेगरी अनुमति दिएको हो ।

यदि कुनै विद्यालयमा संक्रमण फैलियो भने उक्त विद्यालय तत्काल बन्द गरिनेछ र कुनै टोलमा संक्रमण बढेको पाइएमा पनि टोलका विद्यालय बन्द गर्न सक्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको