
सिन्धुपाल्चोक , नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सूचना तथा सञ्चार मन्त्री श्री मोहोन बहादुर बस्नेत लाई पितृ साेम परेकाे छ । उनका बुबा खडग बहादुर बस्नेतको ८४ बर्षको उमेरमा बिहिबार राती १२:१५ बजे महाराजगन्जको मनमोहन अस्पतालमा निधन भएको हाे। बस्नेतका पिता सुगर,प्रेसर र दमका बिमारी भएकोले अस्पताल उपचारका क्रममा थिए । उनको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ दाहसंस्कार गरिने छ ।





