September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, नेपाल स्वयंसेवी रक्तदाता समाज २१ वडा नगर समितिको आयोनजामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुमित रञ्जितका अनुसार कोभिड-१९ विरुद्धको खोप तथा वर्षाले रक्तदानमा प्रभाव पारे पनि करिब ११ जना रक्तदाताले रक्तदान गरेका हुन् ।

उनले आगामी दिन यस्तै मानवीय सेवा निरन्तरता दिने जानकारी दिएका छन् । हाल विश्वभर फैलिएको कोभिड-१९ का महामारीले मुलुकभर रक्त व्यवस्थापनमा भएको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्नका लागि गरिएको उक्त रक्तदानमा प्रमुख अतिथिका रुपमा दशकमै सबै भन्दा बढि रक्तदान गरेका प्रेमसागर कर्माचार्य, साे संस्थाका सदस्य लुना चित्रकारले पनि प्रमाण पत्र, क्यालेन्डर वितरण गरेका थिए ।

यसैगरी उक्त रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि शुभ ऋद्वि इन्टर प्राइजेज, लगं खलः, गणेश युवा क्लव तथा नेवाः विद्यार्थी युनियनले सक्रिय भूमिका खेलेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको