September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

स्थापना दिवसको अवसरमा बिरगंजमा मानवसेवा आश्रमको दिप-प्रज्वलन

बिरगंज ,मानव सेवा आश्रम स्थापना भएको ९ बर्ष पूरा भएको अवसरमा आइतबार देशभरका मानवसेवा आश्रममा दिप- प्रज्वलित गरि बार्षिकोत्सव धुमधामले मनाएको छ । प्रदेश न.२ का संयोजक देवेश गुप्ताका अनुसार सो अवसरमा बिरगंज महानगर पालिका वडा न. ९ मा ४ बर्ष अगाडि स्थापना भएको मानवसेवा आश्रममा पनि दिप- प्रज्वलित गरि स्थापना दिवस मनाएको हाे ।

मानवसेवा आश्रम बिरगंजमा अहिले ५४ जना लक्ष्मी नारायणहरु रहेको र अहिलेसम्म २२ जना ठिक भैइ पारिवारिक मिलन समेत गराई सकेको बताए ।यो आश्रम १६ जिल्ला र अन्य २५ ठाँउमा पनि सनञ्चालन रहेको छ । यस मानवसेवा आश्रमको मुख्य कार्यालय मकवानपुर जिल्लाको हेटौंडामा रहेको छ ।

यसका सस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारी ले ९ बर्ष अघि आजै कै दिन मुख्य कार्यालय हेटौंडामा ५ जना लक्ष्मी नारायणबाट सुरु गरेको थियो भने बिरगंजमा ४ बर्ष देखी सन्चालनमा रहेको र अब आश्रमको आफ्नै १८ कट्ठा जग्गामा केही दिनपछी नवनिर्मित भवन बन्ने तयारीमा रहेको समेत गुप्ताले बताए ।

बिरगंजमा रहेको आश्रमका सस्थापक अभिभावक डा. दिपक शाक्य रहेका छन् । विभिन्न सघसस्थाहरु , स्वास्थ्यकर्मी , डाक्टरहरु , स्वयंसेबिकाहरु , सन्चारकर्मी , सुरक्षाकर्मी , बुद्धिजीवीहरु , स्वदेश – बिदेशीमा रहेका नेपालीले पनि आश्रमलाई सहयोग गर्दै आईरहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको