September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

मेस्सीले डेब्यु गरेको खेलमा एमबाप्पे नायक

फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् ।

आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सीले यससँगै बार्सिलोना बाहेक कुनैपनि टोलीबाट पहिलो खेल खेले । यद्यपि राइम्समाथि पीएसजीको २-० को जितमा दुवै गोल एमबाप्पेले गरेका थिए ।

पहिलो गोल १६ औं मिनेटमा सम्भव भएको थियो । डी मारियाको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका थिए । ६३ औं मिनेटमा अक्रफ हकिमीको क्रसमा गोल गर्दै जितनजिक पुर्याएका थिए । मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सीले केहि समय मात्र खेलेपनि समर्थकहरु डेब्यु हेर्न सफल रहे ।

पिएसजीले समग्रमा ४ खेलमा १२ अंक जोडेको छ । मेस्सीले आफ्नो करिअरमा बार्सिलोनाबाट खेल्दै ६ पटक ब्यालोन डी’ओर जितेका थिए । उनी आफ्नो ६ सय ७२ गोलको संख्यालाई पिएसजीमा सुधार्न चाहन्छन् ।एजेन्सी