September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सिन्धुपाल्चोकमा पहिरोका कारण हेलम्बु राजमार्ग पुनः अवरुद्ध

सिन्धुपाल्चोक, लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । प्रहरीका अनुसार मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर तत्काल सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरेका छन् ।

यस्तै गत साउन अन्तिमबाट नै निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको