
काठमाडौं, कोरोना भाइरसको लोखिमका कारण कतारमा बस्न इच्छा नभएका ३०४ जना नेपाली स्वदेश फर्कियका छन । कतारस्थित नेपाली दूतावासले सञ्चार माध्यमलाई बताएअनुसार बिहिबार दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको उडानबाट नेपाली स्वदेश फर्किएका हुन ।
कोभिड-१९ बाट सिर्जित कठिन परिस्थितिका कारण तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालिले राजदुतावासको नेपाल फर्कने फारम भरी नेपाल फर्कियका हुन भने नेपाल प्रस्थान गर्ने नेपालिलाई सजह होस भन्नका निम्ति दोहाको हमाद अन्तर्राष्ट्रिय बिमानस्थलमा राजदुतावासका अधिकारिको उपस्थिति पनि रहेको थियो ।





