March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

तानसेनमा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

file photo

तानसेन, तानसेन नगरपालिका ५ कैलाशनगरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । लगातारको अविरल वर्षाका कारण शनिबार राति करिब साढे २ बजेतिर घरमा सुतिरहेको बेला नारायण दर्जीको घर भत्किँदा १० वर्षीया नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार घाइते भएकी बालिकाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।