September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भागिरथी भट्टको परिवारलाई आर्थिक सहयोग प्रदान

काठमाडौं, अघिल्लो वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपलिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न (अष्ट्रेलिया)द्वारा उपलब्ध गराइएको रु दुई लाख ७० हजार ८४० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

विकासमा सिर्जनशीलता नेपालको नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

नेपालिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था हो ।