April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

प्रचण्डको धोको: राजनितीबाट चाडै सन्यास लिएर संस्मरण लेख्ने मन

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन भएको बताएका छन् ।शनिबार योङ कम्युनिष्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई काठमाडौंबाट सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन । छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन ।’

यसैगरी उनले पार्टी एकता गर्ने केपी ओलीको कामलाई  ओलीको ठगी धन्दा भनेका छन् । ‘पार्टी एकता गर्ने कुरा त प्रधानमन्त्री प्राप्त गर्न केपी ओलीले ठगी धन्दा गरेका रहेछन् । तर, साथीहरूले केपी ओलीसँग एकता गरेर के पाइस् भन्ने गरेका छन् । केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको छ,’ प्रचण्डले भने ।

प्रचण्डले भने, ‘विज्ञानमा बेइमानी चल्दैन । नभएको कुरा ढाँटेर हुँदैन । जे भनेको छ त्यही हुन्छ । हामीले बुझेको विज्ञान त्यही हो । राजनीति पनि त्यही हो । तर, केपी प्रवृत्ति अर्कै रहेछ । म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भनेको त लेबल मात्रै रहेछ । भ्रष्टाचार छोप्नका लागि मात्रै रहेछ ।’



शीर्ष समाचार

धेरै पढिएको