September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

मेलम्ची र हेलम्बु क्षेत्र धमाधम छाड्दै बाढीपीडितहरु

file photo

सिन्धुपाल्चोक, यस वर्षको मनसुनको सुरुवातमै गत असार १ गतेबाट निरन्तर बाढी पहिरोका परिवारका सदस्य, घरखेतबारी सबै बगाएपछि मेलम्ची र हेलम्बुका बाढीपीडितहरु अहिले धमाधम थातथलो छाडेर हिँड्न थालेका छन् ।

३ महिनादेखि त्रिपाल र टहरामा रात बिताइरहेका बाढीपीडितहरु धमाधम मेलम्ची र हेलम्बु क्षेत्र छाडिरहेका हुन् ।

विस्थापित भएका हेलम्बु गाउँपालिकाका चालिसेगाउँ, किउल, तालामाराङ, चनौटेबजार, गणेशबगर, मेलम्ची नगरपालिकाका भट्टे, सिमखेत, मेलम्ची बजार, दुलाल गाउँका बाढीपीडित थातथलो छाडेर राजधानी, बनेपा र अन्यत्र स्थानमा जान थालेका छन् ।

हेलम्बुका एमाले नेता हस्त पण्डितका अनुसार हेलम्बुको भे्रमाथाङ पहाड खसेर बाढीमा रुपान्तरण भएर आएको बाढीले हेलम्बु, मेलम्ची, पाँचपोखरी गाउँपालिकाका एक हजार पाँच सय घर विस्थापित भएका थिए । सोही संख्याका बाढीपीडितहरु अहिले उक्त क्षेत्र छाडेर हिँड्न थालेको हो ।

बाढीले ३६६ घरपरिवार घरबारविहीन भएका थिए । बाढीबाट बचेका र उच्च जोखिममा रहेका घरपरिवार पनि थातथलो छोडेर हिँड्न थालेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको